बेलबारीमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

cp new add
Nisharg hospital

विराटनगर । हात्तीको आक्रमणबाट मोरङको बेलबारीमा १ जना महिलाको मृत्यु भएको छ ।

Nast Ad

बेलबारी नगरपालिका–८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो ।

मोरङ प्रहरीका अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी घर नजिकको खेतमा पानी लगाउन गएका बेला अमिनालाई हात्तीले आक्रमण गरेको थियो ।

पैनीबाट पानी ल्याउने हात्तीको आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । बन्दनाले भने भागेर ज्यान जोगाएकी थिइन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...