press
po

सुदूरपश्चिमका तीन जिल्लामा लाखौं मूल्य बराबरका अबैध सामग्री बरामद

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेल्धुरामा प्रहरीले भारतबाट भन्सार छलि गरी ल्याइएका अबैध सामान बरामद गरेको छ।

sanjiwan
Nisharg

जिल्ला प्रहरी कार्यालय र मातहत इकाइबाट खटिएका टोलीहरूले मंसिर २६ गते विभिन्न स्थानमा गरी करिब रु.४ लाख २ हजार मूल्य बराबरका सामान नियन्त्रणमा लिएका हुन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित भित्री सडकखण्डबाट करिब रु.६४ हजार बराबरका सुटपिस, स्विटर लगायतका कपडा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

HAMRO DAIRY

त्यस्तै, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–३ भासी, वडा नं. ४ बसपार्क, वडा नं. १५ गोबरिया र दोधारा चाँदनी नगरपालिका–८ शिव मन्दिर नजिकको सडकछेउबाट करिब रु.३ लाख ११ हजार बराबरका चिनी, मिश्री, नल्काका सामान, माछा र मोटरसाइकल (१ थान) लगायतका वस्तु फेला पारी नियन्त्रणमा लिइएको हो।

यस्तै, डडेल्धुराको परशुराम नगरपालिका–३ शिर्षबाट इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको टोलीले करिब रु.२७ हजार मूल्य बराबरका बिडी बेवारिसे अवस्थामा फेला पारेको छ। प्रहरीका अनुसार सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...