प्रधानमन्त्रीकै जिल्लामा कांग्रेसद्वारा निर्वाचन बहिष्कार ! देउवासँग मात्र वार्ता गर्ने


६ कात्तिक, धनगढी । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ । भागेश्वर गाउँपालिका–५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ ।

वडाको समग्र विकासका लागि राखिएका मागहरु विश्वाशिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
‘प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वडा कमिटिले समग्र वडाको विकासको लागि राखेका मागहरु विश्वाशिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुना बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निणर्य बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,’ थापामगरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
वडा कमिटिले ती माग सम्बोधनका सम्बन्धमा अब जिल्ला स्तरका नेताहरुसँग नभएर सोझै प्रधानमन्त्री शेरबहादुर देउवासँग मात्र कुार गर्ने कुरा समेत उल्लेख गरिएको छ
