धनगढीमा बरामदपछि अवैध सामान ‘बिक्री गर्ने’ प्रहरीमाथि एसपी नेतृत्वको समितिले छानबिन थाल्यो

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । धनगढीमा भारतबाट अवैध रूपमा ल्याइएकाे सामान बरामद गरेपछि तस्करकै भरियामार्फत बिक्री गरेर आर्थिक लाभ लिएकाे आराेप लागेका प्रहरीमाथि छानबिन थालिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले प्रहरी उपरीक्षक(एसपी) सागर बाेहराकाे संयाेजकत्वमा समिति गठन गरेर उक्त प्रकरणकाे छानबिन अघि बढाएकाे हाे ।

tourism

वडा प्रहरीका तत्कालीन प्रहरी नायब निरीक्षक(सई) दिपेन्द्र किमाडीले प्रदेश प्रहरी कार्यालयका केही प्रहरीसँगकाे मिलेमतोमा बरामद गरिएको लाखौंकाे सामान भरियामार्फत बिक्री गरेर पैँसा लिएकाे, जिल्लामा पठाइएको टिपाेट भन्दा फरक पर्नेगरि भन्सारमा पत्रमा केरमेट गरेकाे आराेप छ ।

उक्त घटनामा किमाडीकाे याेजनाअनुसार वडा प्रहरीका तत्कालीन प्रमुख प्रहरी निरीक्षक(इन्सपेक्टर) याेगेश खत्रीकाे समेत मिलेमताे रहेकाे आराेप छ ।

गत असाेजमा वडा र प्रदेश प्रहरीकाे टाेलीले धनगढी-४ बाट ५४ लाख ५० हजार बराबरको अवैध सामान बरामद गरेकाे सूचना सञ्चार माध्यमलाई दिएकाे थियाे तर भन्सार बुझाउने बेला भने साढे २७ लाखकाे मात्रै देखाइएकाे थियाे ।

साे पत्रमा प्रहरी निरीक्षक खत्रीले हस्ताक्षर गरेका छन् । भन्सार कार्यालय बुझाएको पत्रमा केरमेट गर्दै सामानकाे परिणाम समेत घटाएर २० लाखकाे मात्र देखाइएकाे छ ।

याे बाहेक ठूलाे सामान बरामद नगरेर तस्करका भरिया फूलबारीका चाैधरी थरका व्यक्तिबाट बिक्री गरेर रकम असुलेकाे आराेप छ ।

चाैधरीले दुई लाख रकम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीकाे खातामा हालेकाे स्रोत बताउँछ । रकम बाँडफाँडपछि लगत्तै सई किमाडी प्रदेश प्रहरी कार्यालय सरूवा भएर गएका थिए । अहिले त्यहाँकाे प्रशासन फाँटमा कार्यरत किमाडीमाथि विभिन्न खाले आराेप छन् ।

उनकाे काठमाडौं सरूवा भएपनि सेटिङ मिलाएर प्रदेशमै बसिरहेका छन् । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरिक्षक(डीआईजी) ओमबहादुर रानाले वडा प्रहरीका तत्कालीन प्रहरी निरीक्षक र नायब निरीक्षकबारे सार्वजनिक भएको आराेपबारे एसपी बाेहरा नेतृत्वको समितिले छानबिन गरिरहेकाे बताए ।

पेशागत मर्यादा र आचरण विपरीत कार्य गरेकाे भेटिएमा संलग्न प्रहरीमाथि कारवाही गरिने उनी बताउँछन् ।

विस्तृत जान्न याे पनि पढ्नुहाेस

धनगढीका तत्कालीन इन्सपेक्टर-सईको यस्तो धन्दा, तस्करका भरियामार्फत लाखौँको सामान बेचेछन्

Navjiwan hospital adv
Loading...