दुर्घटना गराएर फरार भएका कार चालक पक्राउ

cp new add
Nisharg hospital

१५ कात्तिक, बुटवल । रुपन्देहीको ओमसतियामा सोमबार दुर्घटना गराएर फरार कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Nast Ad

३ जनाको ज्यान जाने गरी दुर्घटना गराएर फरार रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरी बा.८.च. ६५३२ नम्वरको टाटा इण्डिका गाडीसहित पक्राउ परेका हुन् ।

चौधरीले उक्त कार सिद्धार्थनगर–४ पिप्रहिया गाँउमा त्रिपालले छोपेर राखेको अवस्थामा सोमबार साँझ बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।

उक्त कारको ठक्करबाट सोमबार बिहान पौने ५ बजे ओमसतिया ४ पननीका वर्ष २८ की परमशिला कुर्मी, वर्ष १४ कि सिमा कुर्मी र २ महिनाको श्रीराम कुर्मीको मृत्यु भएको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...