कञ्चनपुरमा मान्छे बेपत्ता पारेको मुद्दाका दोषी पक्राउ, १० वर्ष जेल बस्नुपर्ने

cp new add
Nisharg hospital
suchana

धनगढी । कञ्चनपुरमा व्यक्ति बेपत्ता पारेको मुद्दामा दोषी ठहर भई १० वर्ष कैद सजाय र तीन लाख रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालतको ३० जेठ २०८२ को फैसलाले दोषी ठहर भएका शुक्लाफाँटा नगरपालिका–१० का ४५ वर्षीय मोहन सिंह ऐरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फरार रहेका ऐरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई अदालतमा पेश गरिएको र कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...