बझाङमा खैरो हेरोइनसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

बझाङ । बझाङको केदारस्यु गाउँपालिका–९ झोता बजारस्थित एक होटलबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट झोताबाट प्रहरी नायब निरीक्षक रमेशबहादुर रावलको कमाण्डमा खटिएको टोलीले शुक्रबार राति करिब ११ बजे अनिल होटलमा छापा मारेको थियो।

प्रहरीका अनुसार केदारस्यु गाउँपालिका–१ का १८ वर्षीय आदर्श मल्ल र जयपृथ्वी नगरपालिका–१० का २२ वर्षीय प्रकाश श्रेष्ठ लागूऔषध सेवन गरिरहेको सूचनापछि चेकजाँच गरिएको थियो। जाँचका क्रममा प्रकाश श्रेष्ठको दाहिने खुट्टाको जुत्ताभित्र कालो प्लास्टिकमा बेरेर लुकाइराखिएको खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद पदार्थको प्लास्टिक हटाएर गरिएको तौलमा ८०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको प्रहरीले बताएकाे छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...