नेकपा (एस) का धनगढी नगर अध्यक्षसहितका दर्जन बढि नेता एमालेमा प्रवेश, ओलीले गरे स्वागत

cp new add
Nisharg hospital

१८ कात्तिक, धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीका धनगढी उपमहानगर कमिटि अध्यक्ष मदन रेग्मीसहितका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको निवास अत्तरियामा शुक्रबार बिहान आयोजना गरिएको कार्यक्रममा पार्टीमा प्रवेश गरेका हुन् ।

Telecome

उनीहरुलाई पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्नेमा एकीकृत समाजवादी निकट युवा संघ नेपालका स्थायी कमिटि सदस्य राजेन्द्र बम, पार्टी जिल्ला सचिवालय सदस्य भक्तराज जोशी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रमेश धामी, धनगढी उपमहानगर कमिटि सदस्य चक्र कुँवर, अखिल नेपाल महिला संघकी नगर कमिटि सचिव पवित्रा बोहरा लगायतका छन् ।

यस्तै नेपाली कांग्रेस र नेकपा विप्लवका नेता कार्यकर्ता पनि एमालेका प्रवेश गरेका छन् । विप्लव माओवादीका जिल्ला कमिटि सदस्य खुस्बु राना, नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा गोदावरी नगर कमिटि सदस्य बाली साउद लगायतका कार्यकर्ता प्रवेश गरेको एमालेले जनाएको छ ।

एमालेले शुक्रबारदेखि दार्चुलाबाट देशव्यापी चुनावी अभियानलाई शुभारम्भ गर्न पार्टी अध्यक्ष ओली बिहीबार सुदूरपश्चिम आएका थिए । उनी कैलालीबाट हेलीकोप्टर मार्फत केहीबेरमा दार्चुला प्रस्थान गर्ने एमालेले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...