प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पुलिसको तेस्रो जित

cp new add
Nisharg hospital
suchana

१८ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट पुरुष एकदिवसीय प्रतियोगितामा पुलिस क्लबले लगातार तेस्रो जित हात पारेको छ ।

पुलिसले बिहीबार लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्यो । यस बावजुत पनि पुलिसको सेमिफाइनल निश्चित नै भएको छैन ।

कप्तान देव खनालले ७४ रन बनाए पनि टस जितेको लुम्बिनी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ४४.२ ओभरमै १ सय ८८ रनमा अलआउट भयो । देव आउट भएसँगै लुम्बिनीले अन्तिम ७ विकेट ५० रनमै गुमाएको थियो ।

देवले ८८ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । देवले प्रज्वल थापासँग दोस्रो विकेटमा ६० र विशालविक्रम केसीसँग चौथो विकेटमा ५७ रनको साझेदारी गरेका थिए ।प्रज्वलले ६३ बलमा २ चौकासहित २३ र विशालले ३८ बल खेलेर ३ चौका र १ छक्का प्रहारसहित ३० रन बनाए ।

दुर्गेश गुप्ता र मोहम्मद हुसैन समान ११ रनमा आउट भए । माथिल्लोक्रममा ओपनर आकाश त्रिपाठी शून्य र सन्दीप रजाली ७ र बसिर अहमद ५ रनमा आउट भए । दीपेन्द्रले १० ओभरमा ५५ रन खर्चेर ४ विकेट लिए । करण केसी र सागर ढकालले २–२ तथा गुलशन झा र ललित राजवंशीले १–१ विकेट लिए ।दीपेन्द्रले अविजित ४३ रन बनाएपछि पुलिसले ३७.१ ओभरमै १ सय ९२ रन बनायो । दीपेन्द्रले ६६ बल खेल्दै ५ चौका प्रहार गरे ।

ओपनर सुनील धमलाले २६ बलमा ४ चौका र २ छक्कासहित ३६, कुशल भुर्तेलले ४१ बलमा २ चौकासहित ३२, अमित श्रेष्ठले ३५ बलमा ५ चौकासहित २८ र आरिफ शेखले ५१ बलमा ५ चौकासहित ३५ रन बनाए । दीलिप नाथ ६ रनमा अविजित रहे ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...