कैलालीमा बसको ठक्करबाट गम्भीर घाइते साइकल यात्रीको मृत्यु

cp new add
Nisharg hospital
suchana
Nast new

३ साउन, धनगढी । कैलालीमा बसको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्रीको मृत्यु भएको छ । सोमबार बिहान ना ६ ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसले ठक्कर दिदा घाइते भएका जिल्लाको गौरीगंगा नगरपालिका–२ कटान बस्ने ४६ वर्षीय खड्क थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले गौरीगंगा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिकै पूर्वबाट पश्चिमतर्फ जादै गरेको अवस्थामा ठक्कर दिएपछि गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मंगलबार बिहान धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको कैलाली प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

बस र चालक धनगढी उप–महानगरपालीका–१ पुष्पलाल चोक बस्ने ४३ वर्षीये दीप श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...