सुदूरपश्चिममा आकर्षक अड्डामा जमेका १५ प्रहरीको सरुवा, प्रदेश प्रहरीमै खैलाबैला

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । सुदूरपश्चिम प्रदेशमा कार्यरत १५ जना प्रहरी कर्मचारीको काज सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले विवादीत छवि भएका, लामो समयदेखि आकर्षक अड्डा र मुद्दा फाँटमा बसेका कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मको काज सरुवा गरेको हो ।

प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा कार्यरत कार्यालय सहयोगीदेखि वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) सम्मका प्रहरी कर्मचारीलाई काज सरुवा गरिएका छ ।
प्रहरी स्रोतका अनुसार प्रहरी विपद् सुरक्षा गण महेन्द्रनगरमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक राघवप्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय जाजरकोट पठाइएको छ।

प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक दीपेन्द्रकुमार किमाडीको जिल्ला प्रहरी कार्यालय पर्वत, इलाका प्रहरी कार्यालय विपीनगर डोटीमा कार्यरत प्रहरी सहायक निरीक्षक गणेशसिंह कार्कीको जिल्ला प्रहरी कार्यालय धादिङ तथा जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी सहायक निरीक्षक रविन्द्र धामीको जिल्ला प्रहरी कार्यालय मनाङ काज सरुवा गरिएको छ।

यस्तै, बैतडीको प्रहरी चौकी शङ्करपुरमा कार्यरत प्रहरी हवलदार हरिदत्त भट्टलाई विशेष सुरक्षा गण त्रिपुरेश्वर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी हवलदार दीपेन्द्रप्रसाद जोशीलाई नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुरधाम, इलाका प्रहरी कार्यालय लाली (दार्चुला) का प्रहरी हवलदार पूरण चन्दलाई विशेष सुरक्षा गण त्रिपुरेश्वर तथा जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरी हवलदार देवराज जोशीलाई नं. २ गण महाराजगञ्ज सरुवा गरिएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी हवलदार प्रकाश रोकायालाई नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुरधाम, प्रहरी हवलदार शिवकुमार गडरियालाई नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी (सुनसरी) तथा आशारा सुधार केन्द्र फूलबारीमा कार्यरत प्रहरी कर्मचारीलाई विशेष सुरक्षा गण त्रिपुरेश्वर सरुवा गरिएको स्रोतले जनाएको छ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान ललितबहादुर जोरालाई नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे (मकवानपुर), प्रहरी चौकी खोचलेकमा कार्यरत प्रहरी जवान वासुदेव भट्टलाई विशेष सुरक्षा गण त्रिपुरेश्वर, इलाका प्रहरी कार्यालय धुली (बझाङ) मा कार्यरत हरिसिंह धामीलाई नं. २ गण महाराजगञ्ज तथा इलाका प्रहरी कार्यालय बेलडाँडीमा कार्यरत कार्यालय सहयोगी जमनसिंह ठगुन्नालाई विशेष सुरक्षा गण त्रिपुरेश्वर सरुवा गरिएको छ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले ती १५ जना प्रहरी कर्मचारीलाई गत जेठ २९ गते अर्को आदेश नभएसम्मका लागि काज सरुवा गरेको हो। सरुवा गरिएकामध्ये केही नयाँ कार्यस्थलमा पुगिसकेका छन् भने केही जाने तयारीमा रहेका छन्।

सुदूरपश्चिम प्रहरी संगठनभित्र पछिल्ला वर्षहरूमा गुटगत प्रवृत्ति र अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको चर्चा रहँदै आएको छ। प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेका अधिकांश प्रहरी कर्मचारी लामो समयदेखि ‘आकर्षक’ मानिने अड्डाहरूमा कार्यरत रहेको स्रोतको दाबी छ। उनीहरूले त्यस्ता कार्यालयमा आफ्नो प्रभाव कायम राख्दै अन्य प्रहरी कर्मचारीलाई अवसर प्राप्त गर्न कठिन बनाउने गरेको आरोपसमेत लाग्दै आएको छ।

उजुरीपछि गरिएको यो काज सरुवा र छानबिनलाई प्रहरी संगठनभित्रको प्रभावशाली नेटवर्कमाथिको हस्तक्षेपका रूपमा समेत हेरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...