कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगर, चरेस र खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक १५ वर्षीय किशोर पनि रहेका छन्।

Nast Ad

कैलारी गाउँपालिका–५ बड्कीपलियाबाट १ सय ८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ र ५ ग्राम ९ सय ९० मिलिग्राम चरेसजस्तो देखिने कालो पदार्थसहित २३ वर्षीय आशाराम चौधरी र २५ वर्षीय अरमान चौधरी मंगलबार बिहान पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी, सोही स्थानबाट ७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित २१ वर्षीय निराजन चौधरी मंगलबार दिउँसो पक्राउ परेका छन्। शंकाका आधारमा गरिएको चेकजाँचका क्रममा उनको साथबाट उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, लम्कीचुहा नगरपालिका–८ मालभंगाबाट ६६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित १५ वर्षीय एक किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...