बैतडीका कच्ची सडकमा रातिको समयमा गाडी चलाउन रोक

cp new add
Nisharg hospital

अत्यधिक वर्षाको पूर्वानुमानपछि बैतडीका ग्रामीण कच्ची सडकमा दुई दिन रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

Telecome

जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते अत्यधिक वर्षा हुने पूर्वानुमान गरेपछि जोखिम न्यूनीकरणका लागि उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार असार १६ र १७ गते बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म जिल्लाभरका ग्रामीण कच्ची सडकमा सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।

वर्षायाममा पहिरो, सडक भासिने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्ने भएकाले यात्रु र सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय गरिएको प्रशासनले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...