
धनगढी । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा देशभरमै धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै ११७.६ मिलिमिटर वर्षा दोधाराचाँदनीमा भएको छ ।

दोधाराचाँदनीपछि कपिलवस्तुको वनगंगामा बढि वर्षा रेकर्ड गरिएको छ । त्यहाँ १२ घण्टामा ११७.४ मिलिमिटर वर्षा मापदन गरिएको विभागले जनाएको छ । कैलाली, कञ्चनपुरका अन्य विभिन्न स्थानमा पनि वर्षा भइरहेको छ ।
दोधाराचाँदनी क्षेत्रमा बढि वर्षा भएकाले बाढी तथा डुबानको जोखिमप्रती सचेत रहन आग्रह गरिएको छ ।

