कैलाली र कञ्चनपुरमा ३० ग्राम खैरो हेरोइनसहित ५ जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिमका कञ्चनपुर र कैलालीमा प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ।

Nast Ad

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ नयाँबस्तीबाट बिहीबार साँझ खैरो हेरोइनजस्तो देखिने ३० ग्राम ९३० मिलिग्राम धुलो पदार्थसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कृष्णपुर–२ का ४० वर्षीय लालबहादुर सुनार, ३१ वर्षीय हेमराज जोशी, बेतकोट नगरपालिका–७ दैजीका ३१ वर्षीय बिमल पाण्डे र कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका २५ वर्षीय अशोक पाण्डे रहेका छन्।

लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोस्ट बाणीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई बीएए १३५१ नम्बरको स्कारपियो सहित पक्राउ गरेको हो। प्रहरीले स्कारपियो पनि नियन्त्रणमा लिएको छ।

यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–१ थकालीपुरबाट बिहीबार साँझ १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित २३ वर्षीय ललित राना क्षेत्री पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ बरामद गरेको जनाएको छ।

दुवै घटनामा पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...