कञ्चनपुरमा लेनदेन मुद्दामा फरार महिला पक्राउ

cp new add
Nisharg hospital

महेन्द्रनगर। कञ्चनपुर प्रहरीले लेनदेन मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले २०८३ असार २२ गते फरार रहेका जानकी सुनारलाई पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरले असार ३ गतेको फैसलाअनुसार उनलाई १ वर्ष ३ महिना १३ दिन कैद तथा १ लाख रुपैयाँ जरिवाना सजाय सुनाएको थियो।

पक्राउ परेकी सुनारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...