
त्रिपुरेश्वरमा आत्मदाह प्रयास गर्ने युवाको पहिचान खुलेको छ । उनी मुगुका २५ वर्षीय गणेश नेपाली हुन् ।

राहदानी विभागको ३ नम्बर गेटमा उनले आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए । काठमाडौं महानगरपालिको नगरप्रहरीले
मोटरसाइकलमा जथाभावी पार्किङ गरेको भनेर उनको मोटरसाइकलमा ह्वील लक लगाइदियो । त्यसपछि उनले आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर शरीरमा आगो लगाएका हुन् ।
काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले आत्मदाह प्रयासको अन्य कारणबारे अनुसन्धान भइरहेको बताए । वीर अस्पतालमा उपचाररत नेपालीको अवस्था अहिले सामान्य छ ।

