
धनगढी । कैलालीको जानकी गाउँपालिका–३, नयाँ लायकपुरस्थित मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका नन्दा कुमारी शाहीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा र सुविधा लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार शाहीले २०६६ मंसिर ३ गते बालविकास शिक्षक पदमा नियुक्ति लिनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश ९भारत० बाट माध्यमिक तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अनुसन्धानबाट खुलेको छ।
आयोगले उक्त नक्कली प्रमाणपत्रका आधारमा सरकारी ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६९१० अन्तर्गत कसुर गरेको जनाएको छ।
सोही कसुरमा कैद र जरिवानाको मागदाबी गर्दै आयोगले शुक्रबार विशेष अदालत, काठमाडौंमा शाहीविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ।

