
काठमाडौं । अनलाइनखबरको गेटका सोमबार बिहान पार्किङ गरेर छोडिएको शंकास्पद गाडी आँखा क्लिनिक सञ्चालकको रहेको खुलेको छ ।

बा १२ च ८५४५ नम्बरको सो गाडी काठमाडौंको गोकर्णेश्वरका सुनिल पौडेलको नाममा रहेको र उनको मोबाइल नम्बर ९८४३‘‘१४ रहेको यातायात व्यवस्था कार्यालयको रेकर्डमा देखिन्छ ।
पौडेलले काठमाडौंको गोकर्णेश्वर(९, भगवतीस्थानमा शंखडोल आई क्लिनिक एन्ड अप्टिकल हाउस नामक आँखा क्लिनिक चलाउँदै आएका छन् ।
दर्ता गर्दा पनि उनले गाडी दर्तामा प्रयोग गरेकै मोबाइल नम्बर प्रयोग गरेको देखिन्छ । क्लिनिकको प्रवर्दधन गर्दा पौडेलले आफूलाई कन्सल्टेन्ट अप्टोमेट्रिस्टका रुपमा उल्लेख गरेका छन् ।
यातायात कार्यालयबाट नम्बर प्राप्त गरेपछि अनलाइनखबरले पौडेललाई सम्पर्क गरी तपाईंले अनलाइनखबरको गेट नै छेकिने गरी किन पार्किङ गर्नुभयो भनेर सोधेको थियो । सो गाडी आफ्नै भए पनि कहाँ पार्किङ गरिएको थियो भन्नेबारे आफूलाई थाहा नभएको बताए ।
‘त्यो गाडी मेरो नाममा छ तर त्यो अर्कैले चलाइरहेको छ, म उसको नम्बर दिन्छु, ऊसँगै कुरा गर्नुस् है,’ उनले भने ।
तपाईंको स्वामित्वमा भएको गाडीको विषयमा तपाईंसँगै कुरा गर्नुपर्यो नि रु भन्ने अनलाइनखबरको जिज्ञासामा उनले आफूले गाडी चलाएकै होइन, यो नम्बरमा फोन गर्नुस् न भन्दै ९८‘।।४९८ नम्बर दिए । तर, सो व्यक्तिको नाम भने बताएनन् ।
अनलाइनखबरले ट्रु कलरमा हेर्दा सो नम्बर सुजन पौडेलले प्रयोग गर्ने गरेको पाइयो । र, नम्बरसँगै उनको फोटो पनि सेभ रहेको पाइयो । सुजन सुनिलका सहोदर दाइ रहेको गोकर्णेश्वरका एक स्थानीयले बताए ।
केही समयमा सो नम्बरबाटै अनलाइनखबरकर्मीलाई फोन गरेर ती व्यक्तिले ‘जे पायो त्यही लेख्ने, तपाईंको गेटमा गाडी पार्किङ गर्दा कसरी शंकास्पद भयो रु बम राखेको छ त्यसमा रु भन्दै धम्की दिए ।
अनलाइनखबरकर्मीले तपाईं को बोल्नुभयो, तपाईंको नाम के हो रु भन्दा उनले आफ्नो नाम बताएनन् । बरु ‘तपाईंहरूलाई मात्रै आउँछ, तपाईँहरूले जे गरे पनि हुन्छ रु बम भेट्नुभयो, के भएर छोड्देको रु तपाईं जे पायो त्यही लेख्न पाउनुहुन्छ रु अधिकार छ रु’ भन्दै गाली गरे ।
‘हामीले त्यस्तो के लेख्यौँ रु’ भन्ने अनलाइनखबरको प्रश्नमा फेरि पनि तपाईंको गेटअगाडि कसैले गाडी रोक्यो भन्दैमा शंकास्पद कसरी हुन्छ भन्ने जिद्दी गरे । ‘शङ्कास्पद भनेर बम नै राखेको जस्तो गर्नुभयो । निकाल्नुभयो होला त बम रु कतिबेला निकाल्नुभयो रु’
उल्टै उनले भने, ‘तपाईंको गेटअगाडिको ठाउँ रोड हो, तपाईंको नक्सामा पर्छ त्यो रु कानुनले आफ्नो काम गर्छ । हामीले गाडी राख्यौँ, सक्यो त १’
अनलाइनखबरसँग पाँच मिनेटभन्दा बढी धम्कीको शैलीमा बोलेका पौडेलले आफ्नो नाम भने बताएनन् ।

