भारतसँग खुला सिमा जोडिएको बेलौरीको भुडामा चोरीका घटना बढ्दै 

cp new add
Nisharg hospital

बेलौरी । पछिल्लो समय भारतसङ्ग खुला सिमा जोडिएको बेलौरी नगरपालिका १० भुडा गाउँमा चोरीका घटना बढ्दै गएका छ्न ।

Nast Ad

केहिदिन अघिमात्रै बाराझालाका जितलाल चौधरीको खेतबाट सिसौको रुख र भौराहन चोकको सडकमा लगाइएको सोलार चोरी भएको थियो । त्यस्तै बुधबार राती भुडा चौराह नजिक बिनोद टेडर्स र भुन्टु राइस एण्ड फ्लोर मिलमा चोरी भएको छ ।

बिनोद टेडर्सको सटरको ताला फुटाएर नगद १ हजार भन्दा बढी,चुरोट,रक्सी,गुट्का चोरी भएको प्रहरीले जनाएको छ । त्यस्तै भुन्टु राइस मिलबाट ताला फुटाएर खुद्रा पैसा चोरी भएको छ ।

स्थानीयरुले चोरी गर्ने भारतीय नागरिक भएको आशङ्का गरिरहेका छन । प्रहरीले भने घटनाको अनुसन्धान गरिरहेको छ ।

केहिदिन अघि खेतबाटै चोरी भएको सिसौ दुई गोलिया भने भारतियले चोरी गरेको खुलेको छ ।  भारतियले चोरी गरि नजिकैको आरामिलमा बेचेका थिए । आरामिलमा काठ बेचेको खुलेपछि पीडितले भने चोरीएको काठको रकम पाइसकेका छ्न । सोलार भने कस्ले चोरेको भन्ने खुलेको छैन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...