
बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरीका अनुसार बिहीबार दिउँसो करिब ३:३० बजे पुर्चौडी नगरपालिका–१ रोतेशिला क्षेत्रमा पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ त १६०० नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।
दुर्घटनामा ट्र्याक्टर चालक कञ्चनपुरको तत्कालीन सुडा गाविस–८ (हाल भीमदत्त नगरपालिका) निवासी ४४ वर्षीय देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक, भुवन तिमल्सिनाले जानकारी दिए ।
प्रहरीका अनुसार ट्र्याक्टर सडकबाट करिब २० देखि २५ मिटर तल खसेको छ । दुर्घटनाका बेला ट्र्याक्टरमा चालक बाहेक अन्य कोही सवार नरहेको बताइएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

