कञ्चनपुरमा बस दुर्घटनामा घाइते विद्यार्थीको उपचार र क्षतिपूर्तिको माग गर्दै क्याम्पसका विद्यार्थी आन्दोलित


धनगढी । २०८३ साल वैशाख २८ गते काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको खप्तड मालिका यातायात प्रा. लि. को ना. ८ ख १९४९ नम्बरको बस राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र दुर्घटनाग्रस्त हुँदा गम्भीर घाइते भएका जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तहकी विद्यार्थी उर्मिला भट्ट र उहाँकी दिदी निलम भट्ट ओझाको प्रभावकारी उपचार तथा उचित क्षतिपूर्तिको माग गर्दै क्याम्पसका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।

विद्यार्थीहरूले दुर्घटनापछि लामो समय बितिसक्दा पनि घाइते दुवै जनाले अपेक्षित उपचार र न्याय नपाएको भन्दै सम्बन्धित निकाय तथा यातायात कम्पनीको ध्यानाकर्षण गराएका छन्। उनीहरूले घाइतेको उपचारको सम्पूर्ण जिम्मेवारी वहन गर्न, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेका छन्।
आन्दोलनरत विद्यार्थीहरूले माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।
