निर्मल पुर्जाको शव ल्याउन समस्या

cp new add
Nisharg hospital

पाकिस्तानको ‘ब्रड पिक’ क्षेत्रमा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका पर्वतारोही निर्मल पुर्जासहित १० जनाको शव फिर्ता ल्याउन समस्या भएको छ । मौसमका कारण उक्त क्षेत्रमा अझै हिमपहिरोको जोखिम कायमै रहेकाले उद्धार टोलीलाई कठिनाई भएको हो ।

Nast Ad

पर्वतारोहीको लागि काम गर्दै आएको संस्था ‘अल्पलाइन क्लब अफ पाकिस्तान’का अधिकारीहरूका अनुसार ड्रोनबाट पुर्जासहितका आरोहीहरुको शव देखिएको क्षेत्रमा अहिले पनि साना हिमपहिरो गइरहेको छ । यता पुर्जाका व्यवसायीक साझेदार मिङ्मा डेभिड शेर्पाले शव हालको स्थानबाट क्याम्प(१ सम्म ल्याउने प्रयास भइरहेको जानकारी दिएका छन् ।

उनका अनुसार अहिले उद्धारका लागि गएको टोलीको सुरक्षालाई प्राथमिकतामा राखिएको छ । ‘मौसम र हिमालको अवस्थाले साथ दिएमा जापानी क्याम्पबाट हेलिकप्टर सम्भावना रहेको छ’, शेर्पाले भनेका छन्, ‘उद्धार अभियानमा संलग्न सम्पूर्ण टोलीको सुरक्षा हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो, हरेक निर्णय टोलीको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर लिइँदैछ।’

८ हजारभन्दा अग्ला १४ वटा हिमाल ६ महिनामै आरोहण गरेर विश्व कीर्तिमान बनाएका ४३ वर्षीया पुर्जा नेतृत्वको १० सदस्यीय टोली गत बिहिबार रातीदेखि सम्पर्कविहिन बनेको थियो । टोलीमा ६ जना नेपाली र चार विदेशी नागरिक थिए ।
हिमपहिरोमा परेर सबैको ज्यान गएपछि यतिबेला विश्वभरीबाट श्रद्धाञ्जली व्यक्त भइरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...