संसद्‌मा एमाले सांसद बरालले मागिन् प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

cp new add
Nisharg hospital

काठमाडौँ । नेकपा एमालेकी सांसद यशुदा बरालले सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै बरालले शान्ति सुरक्षा कायम गर्न र जनताका समस्या सम्बोधन गर्न सरकार पूर्णतः असफल भएको दाबी गरिन् ।

Nast Ad

सुनसरीमा भएको साम्प्रदायिक तनावको विषय उठाउँदै उनले हिमाल, पहाड, तराई, कोही छैन पराई भन्ने नाराका साथ सबै नेपाली एक भएर बस्नुपर्नेमा जोड दिइन् । यसै सन्दर्भमा उनले सरकारको नैतिकतामाथि प्रश्न उठाएकी हुन् ।

‘हिजो नैतिकताको कुरा गर्ने प्रधानमन्त्री र गृहमन्त्री आज कहाँ हुनुहुन्छ रु, सांसद बरालले प्रश्न गरिन्, ‘यदि सरकारले देशमा शान्ति सुरक्षा दिन सक्दैन भने उनहरूले तत्काल राजीनामा दिनुपर्छ। संसद्‌मा १८२ जना सांसदहरू हुनुहुन्छ, अरू कसैले सरकार चलाउनुहुन्छ । तर यो असफल नेतृत्व अब चल्न सक्दैन।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...