
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतको आदेशले पार्टी एकताबद्ध हुन सक्ने सम्भावना बढेको बताएका छन्।

सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय भेलामा आउनेको सङ्ख्या बढ्ने बताए। उनले २६ गते पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किँदा धरपकड नहुने विश्वास व्यक्त गरे। उनले भने, ‘उहाँ फर्किँदा त्यस्तो धरपकड हुँदैन जस्तो लाग्छ, त्यस्तो भइहाले विरोध गर्छौँ।’
उनले पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था राम्रो नभएकाले आजको पत्रकार सम्मेलनमा आउन नसकेको बताए। अर्का नेता शेखर कोइरालाको पनि समर्थन रहेको जिकिर गरे।
उनले भने, ‘शेखर दाइ विराटनगरमा घर बनाउँदै हुनुहुन्छ, त्यसमा व्यस्त भएकाले आउन सक्नुभएन। तर उहाँको समर्थन छ।’

