ग्यास अभाव हुँदैन, अनावश्यक सिलिन्डर सञ्चय नगर्न ग्यास उद्योग सङ्घको आग्रह

cp new add
Nisharg hospital

नेपाल एलपी ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार बढिरहेको भन्दै अनावश्यक रूपमा एलपी ग्यासका सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

Nast Ad

भारतबाट सहज रूपमा एलपी ग्यास आयात भइरहेको र उद्योगहरूले निरन्तर सिलिन्डर रिफिलिङ गरी बजारमा पठाइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न सङ्घले आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले आइतबार जारी गरेको विज्ञप्तिमा उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरे हाल देखिएको ग्यास अभावको समस्या तत्काल समाधान हुने उल्लेख छ । आगामी दिनमा समेत ग्यास आपूर्तिमा समस्या नहुने भएकाले अभाव देखिने सम्भावना नरहेको सङ्घको दाबी छ ।

नेपाल आयल निगमको पहलमा भारतका विभिन्न शोधनशालाबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र पछिल्लो समय आयात करिब १५ प्रतिशतले वृद्धि भएको निगमले जनाएको छ ।

निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिकटन एलपी ग्यास आयात भएको छ । यही आधारमा चालु आर्थिक वर्षको साउनमा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो ।

उपभोक्तालाई बजारको मागअनुसार पर्याप्त ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास भइरहेको जनाउँदै सङ्घले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न बिक्रेताहरूलाई समेत आग्रह गरेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...