सुदूरपश्चिम मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन् ।

Nast Ad

भट्टलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले आज बिहान मात्रै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख नजिर मियाँ समक्ष दाबी प्रस्तुत गरेका थिए । कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

मियाँले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए । तोकिएको समयभित्रै एमालेको समर्थनसहित भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

नेकपाका एक सांसदकाअनुसार भट्टको नियुक्तिसँगै आजै दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तयारी गरिएको छ ।मुख्यमन्त्री बनेपछि भट्टले शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने सम्भावना पनि रहेको नेताहरू बताउँछन् । नेकपा र एमालेबीच सुदूरपश्चिममा यसअघि नै मन्त्रालयत भागबन्डा भइसकेको छ । नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन वटा मन्त्रालय पाउनेछ ।

एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषि मध्ये एउटा मन्त्रालयको नेतृत्व गर्ने स्रोतले जनाएको छ । ३१ असारमा एमालेले बजेटमा असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

शाहले बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लगत्तै प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...