कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ

cp new add
Nisharg hospital

कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ

Nast Ad

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाटाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी बागफाटाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँच गर्ने क्रममा १ ग्राम १५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारेको हो।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१९ बागफाटा निवासी ३० वर्षीय भुवन महरा, १९ वर्षीय उत्तम कठायत र २६ वर्षीय खगेन्द्रराज बोहरा रहेका छन्।

तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...