बस्ती पसेको बाघको आक्रमणबाट एक जना घाइते

cp new add
Nisharg hospital

काठमाडौं । चितवनमा गाउँ पसेको बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।

Nast Ad

राप्ती नगरपालिका – १ डिपाट बस्तीमा पसेको बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन् । आइतबार बिहान अन्दाजी ६स्४० बजे बस्तीमा आएको बाघले अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको थियो ।

घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ । बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको छ ।

बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहान ११:२७ बजे बाघलाई नियन्त्रणमा लिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...