
कैलाली । धनगढीमा भारतबाट भन्सार छलि गरी ल्याइएका विभिन्न कपडा बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–७ देवरियास्थित ३८ वर्षीया निर्मला जोशीको घरमा भण्डारण गरी राखिएको अवस्थामा कुर्ती, धोती, गाउनलगायतका कपडा बरामद गरेको हो।
बरामद सामानको अनुमानित मूल्य १ लाख ४२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त सामानसहित निर्मला जोशीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर, कैलाली पठाएको जनाएको छ।

