कञ्चनपुरमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्ययु भएको छ ।

Nast Ad

पूर्वपश्चिम राजमार्ग अन्तरगत वेदकोट नगरपालिकाको कार्यालय नजिकै सोमबार बिहान सिसैयाका गगनसिंह महराले चलाएको से ३ प ५२७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडी सवार अन्दाजी ६० वर्षका गौर सिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी चालक महराका बुवा हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले दुर्घटनामा घाइते भएका महरालाई उपचारका लागि धनगढी ल्याइएको बताए ।

उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थापाले बताए । महराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...