इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मदको जन्मजयन्ती मनाइँदै

cp new add
Nisharg hospital

काठमाडौँ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो ९रसुल० को १५०१औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

Nast Ad

मुस्लिम समुदायमा पैगम्बर मोहम्मदलाई सन्देष्टाका रूपमा मान्ने गरिन्छ। उनको जन्म साउदी अरबको मक्कामा भएको थियो भने पछि उनी मदिनामा गएका थिए। उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भएको हो। वर्तमान समयमा हिजरी संवत् १४४८ चलिरहेको छ।

सृष्टिदेखि नै पवित्र स्थलका रूपमा मानिँदै आएको मक्का मदिनामा पैगम्बर मोहम्मदले उपदेश दिने क्रममा पवित्र ग्रन्थ कुरान अवतरित भएको मुस्लिम समुदायको विश्वास छ। कुरान अवतरित भएपछि उक्त क्षेत्र इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल बन्न पुग्यो। त्यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको प्रमुख तीर्थस्थल मान्ने गरिएको थियो। यसै धार्मिक महत्वका कारण इस्लाम धर्मावलम्बीहरू जीवनमा कम्तीमा एकपटक मक्का मदिनामा गई ‘हज’ गर्न चाहन्छन्।

इस्लाम धर्मको प्रचारप्रसार र उत्थानमा पैगम्बर मोहम्मदले पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको स्मरण गर्दै आज विभिन्न ¥याली, सभालगायत विशेष कार्यक्रमहरू आयोजना गरिएको छ। विशेषगरी काठमाडौँका नेपाली जामे मस्जिद र काश्मिरी जामे मस्जिदलगायतका स्थानहरूमा आज विशेष कार्यक्रम भइरहेका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...