कैलाली र कञ्चनपुरमा ब्राउनसुगरसहित तीन जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।

Nast Ad

कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट ८७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँका ३० वर्षीय विश्वेश्वरप्रसाद भट्टराई पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो।

यस्तै, गोदावरी नगरपालिका–१२ बाट १५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँका २८ वर्षीय टेकबहादुर धामी पक्राउ परेका छन्। उनलाई पनि इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको टोलीले मंगलबार बेलुका चेकजाँच गर्ने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ।

यसैगरी, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ स्थित चिनिमिल जंगल किनारको भित्री सडकखण्डबाट ७ ग्राम ३९० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित कृष्णपुर नगरपालिका–६ बसन्तपुर टोलका २७ वर्षीय मोहन देव जोशी पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो शंका लागि चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनामाथि बरामद पदार्थबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...