
बैतडी । बैतडीमा एक बालिकाको सर्पको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका- ४ का लोकेन्द्र बहादुर चन्दकी १२ वर्षीय छोरी सुस्मिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।
बिहीबार साँझ ६ बजेको समयमा घरमा खेलिरहेको समयमा आगनमै सर्पले टोकेर सुस्मिता गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा डडेल्धुरा अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
बालिका चन्द पञ्चेश्वर- ४ कै टाँक तिलकपुर माविमा अध्ययनरत थिइन् ।

