टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको उद्धार

cp new add
Nisharg hospital

काठमाडौँ । सेनाले बाढीबाट प्रभावित टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ । शुक्रबार ४० जना विदेशी सहित थप २५७ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

रसुवाको टिमुरे, स्याफ्रुबेँशी र मैलुङ सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । यसअघि सो क्षेत्रबाट ४४९ जनाको उद्धार गरेको थियो ।

खोज तथा उद्धारमा ४ हजार ५ सय सेना खटिएका छन् । सेनाले आपतकालीन उपचार र राहत सामग्री ढुवानीको काम पनि गरिरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...