
मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ मा आठ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गत भदौ १ गते आफ्नै घरको कोठामा बालिकामाथि जबरजस्ती करणी भएको भन्दै पीडितकी आमाले बिहीबार इलाका प्रहरी कार्यालय, बेलबारीमा लिखित जाहेरी दिएकी थिइन्। जाहेरी परेलगत्तै खटिएको प्रहरी टोलीले आरोपीलाई घरवतनबाटै नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय, बेलबारीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।

