दार्चुलामा हाडनाता करणी गर्ने दुई जना पक्राउ, १ १ वर्ष जेल बस्नुपर्ने

cp new add
Nisharg hospital

दार्चुला । हाडनाता करणी मुद्दामा जिल्ला अदालत दार्चुलाबाट दोषी ठहर भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत दार्चुलाको फैसलाअनुसार नौगाड गाउँपालिका–६ का २३ वर्षीय पदम सिंह धामी र सोही स्थानकी २२ वर्षीया गोबिन्दी धामीलाई जनही १ वर्ष १ महिना कैद तथा १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

फैसला कार्यान्वयनको क्रममा फरार रहेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...