रसुवा बाढी : १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

cp new add
Nisharg hospital

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह्न १२ बजे जारी गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाएको हो ।

प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकवटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन् भने हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।

बाढीमा परी ५ हजार १३५ जना घाइते भएका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...