पहिरोले बडीमालिका–९ मा बितण्डा, आधा दर्जन घर क्षतिग्रस्तस दुई गोरु मरे

cp new add
Nisharg hospital

धनगढी । बाजुराको बडीमालिका नगरपालिका–९ मा अविरल वर्षासँगै खसेको पहिरोले बितण्डा मच्चाएको छ। घरमाथिबाट खसेको पहिरोले आधा दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याउनुका साथै गोठमा रहेका दुईवटा गोरु मरेका छन्।

पहिरोले मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विकलगायतका घरमा क्षति पुगेको हो। तीमध्ये केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

पहिरो घरभित्रै पसेपछि प्रभावित परिवारको घरमा रहेका भाँडाकुँडा, लत्ताकपडा, अन्नपातलगायतका सामग्रीमा समेत क्षति पुगेको छ। घर तथा गोठमा पहिरो पसेपछि स्थानीय थप जोखिममा परेका छन्।

पहिरोमा परी मोती उखेडाका दुईवटा गोरु मरेका छन्।  पहिरोले घर तथा गोठमा ठूलो क्षति पुर्‍याए पनि मानवीय क्षति भने भएको छैन।

अविरल वर्षा भइरहेकाले बडीमालिका–९ सहित जिल्लाका अन्य क्षेत्रमा समेत बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। विभिन्न स्थानबाट क्षतिको प्रारम्भिक विवरण प्राप्त भइरहे पनि जिल्लाभर भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

वर्षा नरोकिएकाले पहिरोको जोखिममा रहेका परिवारलाई विशेष सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न प्रहरीले आग्रह गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...