कैलालीमा ४ लाखको अवैध सामान बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएका करिब ४ लाख १५ हजार रुपैयाँ बराबरका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

जिल्लाका विभिन्न स्थानबाट शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सामान फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद सामानमा चिनी, मिठाई, टाई, बेल्ट, कस्मेटिकलगायतका सामग्री रहेका छन्। बरामद सामानको अन्दाजी मूल्य ४ लाख १४ हजार ८ सय ८२ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...