press
po

महाकाली नदीमा टिकटक बनाउने क्रममा कञ्चनपुरकी १५ वर्षीया सृष्टि बेपत्ता

cp new add
Nisharg hospital
dhanga
Rubic

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा टिकटक बनाउने क्रममा एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन्।

sanjiwan
Nisharg
Nav

बेपत्ता हुनेमा दोधाराचाँदनी नगरपालिका–१० की १५ वर्षीया सृष्टि सुनार रहेकी छन्। प्रारम्भिक विवरणअनुसार सृष्टि महाकाली नदी किनारमा टिकटक बनाउने क्रममा नदीमा बगेकी हुन्। घटना लगत्तै उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले नदीमा बेपत्ता सुनारको खोजी भइरहेको जानकारी दिए । उनकाअनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा महाकाली नदीमा बेपत्ता किशोरीको खोजी गरिरहेको छ ।

HAMRO DAIRY

महाकाली नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...