
धनगढी । कैलालीमा सशस्त्र प्रहरीको टोलीले कटुवा पेस्तोल र चरेस बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुईयाफाँटाबाट खटिएको टोलीले कैलारी गाउँपालिका–७, पुरानो भुईयाफाँटा तिनकुनेस्थित सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल र १ किलो ५० ग्राम चरेस बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार शुक्रबार सीमावर्ती क्षेत्रमा गस्ती गर्ने क्रममा उक्त हतियार र लागुऔषध फेला परेको थियो।
बरामद सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भदौ २० गते सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

