मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

cp new add
Nisharg hospital

काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा ललितपुरमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट घर भएका २४ वर्षीय आशिष सुनार छन् । उनले चलाएको महालक्ष्मी नगरपालिका–१ बाहुनधारा चोकस्थित सडकमा बा ९३ प १८०१ नम्बरको मोटरसाइकल सोमबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते उनको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...