रविसँग अमेरिकी विदेशमन्त्रीको फोनवार्ता : नेपाललाई थप सहयोग गर्न अमेरिका तयार

cp new add
Nisharg hospital

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्री मार्को रुबियोले टेलिफोन वार्ता गरेका छन्।

भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै रुबियोले नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता जनाएका छन्।

रास्वपाका अनुसार, टेलिफोन वार्ताका क्रममा रुबियोले विपद्को सामना गरिरहेको नेपाललाई आवश्यक थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको प्रतिबद्धता व्यक्त गरेका हुन्।

वार्तामा सभापति लामिछानेले भोटेकोशी बाढीपछि सरकारले खोजी, उद्धार तथा राहतका लागि उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए। लामिछानेले नेपालमा रहेका नेपाली नागरिकसँगै विदेशी नागरिकको सुरक्षाप्रति समेत सरकार गम्भीर र प्रतिबद्ध रहेको बताएका थिए।

विपद्का बेला अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद दिँदै लामिछानेले आगामी दिनमा पनि नेपाललाई आवश्यक सहयोग र सहकार्य जारी रहने अपेक्षा व्यक्त गरेका छन्।

अमेरिकी विदेशमन्त्री रुबियोले भने विपद्को यस कठिन अवस्थामा नेपाललाई आवश्यक थप सहयोग गर्न अमेरिका तयार रहेको स्पष्ट पारेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...