२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

cp new add
Nisharg hospital

स्याङ्जाको भीरकोट नगरपालिका–४ स्थित छाङछाङदी मन्दिरमा करिब २५ वर्षदेखि साधुको रूपमा बस्दै आएका एक व्यक्ति वालिङमा मृत फेला परेका छन् ।

भारतको तमिलनाडु प्रदेश, कोयम्बटुर जिल्ला, गुलुमलाइ घर भएका करिब ५५ वर्षीय कुमार स्वामी (पातली) सोमबार बिहान वालिङ नगरपालिका–१ खत्रीखोलास्थित कृष्णप्रसाद ढकालको घरमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बिहान करिब साढे ७ बजे उनी मृत अवस्थामा फेला परेका थिए ।

घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थल मुचुल्कालगायत प्रारम्भिक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएको छ ।

प्रहरीका अनुसार कुमार स्वामीले अत्यधिक मादक पदार्थ (रक्सी) सेवन गर्ने गरेको बुझिएको छ । उनका आफन्तलाई घटनाबारे जानकारी गराउने प्रक्रिया अघि बढाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अवस्थीले जानकारी दिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...