
धनगढी कैलालीमा घरबाट हराएकी महिला बारीमा मृत अवस्थामा भेटिएकी छन् ।
भजनी नगरपालिका–७ पगरा टोलकी ४० वर्षीया गिता कठरिया आफ्नै बारीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
कठरिया बुधबार बिहानी घरबाट सम्पर्कविहीन भएकी थिइन् । खोजीको क्रममा उनी सोही ठाउँस्थित बारीमा मृत भेटिएकी हुन् ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

