१९ दिन होटलमा बन्धक बनाएर बालिका बलात्कार : मुख्य आरोपी पुर्पक्षका लागि कारागार

cp new add
Nisharg hospital

डेढ वर्षअघि जनकपुरका दुई होटलमा १९ दिनसम्म एक बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोप लागेका मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन्।

२३ वर्षीय राइनलाई भदौ २६ गते धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटना भएपछि उनी कतार भागेका थिए। इन्टरपोलमार्फत पक्राउ गरी गत साउन २५ गते उनलाई नेपाल ल्याइएको थियो। घटना २० लाख रुपैयाँमा मिलाउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने एक लाख रुपैयाँ धरौटीमा छुटेका छन्। पीडितको बयानका आधारमा गत शुक्रबार पक्राउ परेका कवारीलाई अदालतले सोमबार धरौटीमा छाड्ने आदेश दिएको हो।

धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर अपहरण गरी जनकपुर ल्याई होटलमा जबरजस्ती करणी तथा बन्धक बनाएको अभियोग राइनसहितका व्यक्तिमाथि छ। घटनामा दुई जना प्रहरीसमेत संलग्न रहेको आरोप छ। प्रहरीका अनुसार यस प्रकरणमा धनुषा जिल्ला अदालतमा मानव बेचबिखन, अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीसम्बन्धी दुईवटा मुद्दा दर्ता छन्। करिब एक दर्जन अभियुक्त रहेकोमा अधिकांश अझै फरार छन्।

पहिलो घटनापछि पीडितले ३ जेठ २०८२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन्। तर जाहेरीमाथि समयमा सुनुवाइ नभएको र मुख्य अभियुक्त राइन विदेश भागेको उल्लेख छ। त्यसपछि १७ असार २०८२ मा बालिका पुनः अपहरणमा परेकी थिइन्। जाहेरीअनुसार घरबाट बाहिर निस्किएका बेला अञ्जली महरासहित तीन जनाले आँखामा कपडा बाँधेर उनलाई गाडीमा राखी लगेका थिए।

उनीलाई जनकपुरको पिडारीचोकस्थित होटल सीएफसीमा दुई दिन र त्यसपछि मुरलीचोकस्थित मधेश प्रदेश गेस्ट हाउसमा १७ दिन बन्धक बनाएर होटल सञ्चालकसहितका प्रतिवादीले जबरजस्ती करणी गरेको अभियोग छ। ग्राहकबाट पैसा लिएर समेत जबरजस्ती करणी गर्न लगाइएको मुद्दा मिसिलमा उल्लेख छ।

घटनापछि सुरक्षा जोखिमका कारण पीडित बालिका अझै सेफ हाउसमा रहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...