सिंहदरबारभित्रै यूएनडीपीको गाडीले दियो रास्वपा सांसदको गाडीमा ठक्कर

cp new add
Nisharg hospital

काठमाडौं । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले सिंहदरबारभित्र रास्वपा सांसदको गाडीलाई ठक्कर दिएको छ ।

सिंहदरबारभित्रको विज्ञान प्रविधि मन्त्रालय अगाडि केहीबेर अघि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले ठक्कर दिएको हो ।

रास्वपा सांसद नितिमा कार्की भण्डारीको बागमती प्रदेश ०१ ०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो । स्रोतका अनुसार रास्वपा सांसद कार्कीको गाडी रोकिराखेको थियो । सो ठाउँमा दक्षिण गेटतर्फ आउँदै गरेको गाडीलाई यूएनडीपीको गाडीले ठक्कर दिएको हो ।

ट्राफिक प्रहरीका अनुसार, अहिले घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...