पञ्चोदयमा निसर्गले स्थापना गर्‍यो प्राथमिक उपचार कक्ष

cp new add
Nisharg hospital

धनगढी । धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित पञ्चोदय माध्यमिक विद्यालयमा विद्यार्थीको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै ओआरएस तथा प्राथमिक उपचार कक्ष स्थापना गरिएको छ ।

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको आर्थिक सहयोग तथा धनगढी उपमहानगरपालिका–५ को सहकार्यमा स्थापना गरिएको कक्षको निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले रिबन काटेर उद्घाटन गरे ।

विद्यालयमा विद्यार्थीलाई गर्मीका कारण हुने डिहाइड्रेसन, कमजोरी, चक्कर आउने, झाडापखाला तथा सामान्य चोटपटक जस्ता समस्यामा तत्काल प्राथमिक उपचार उपलब्ध गराउने उद्देश्यले कक्ष स्थापना गरिएको हो । विद्यालयमा हुने आकस्मिक स्वास्थ्य समस्यामा समयमै प्रारम्भिक उपचार र आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउन यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा निसर्ग हस्पिटलका बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र, माइक्रोबायोलोजिस्ट डा. राजेन्द्र महर, धनगढी उपमहानगरपालिका–५ का वडा अध्यक्ष गजेन्द्र शाही, पञ्चोदय माविका प्रधानाध्यापक हरिश ओझा लगायत शिक्षक तथा विद्यार्थीहरूको सहभागिता थियो ।

निसर्ग हस्पिटलले स्वास्थ्य उपचारसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत समुदाय र विद्यालय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आएको छ । स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना तथा विपद्का समयमा सहयोगलगायतका सामाजिक गतिविधिमा अस्पतालले निरन्तर सहभागिता जनाउँदै आएको छ ।

विद्यालयमा स्थापना गरिएको प्राथमिक उपचार कक्षले विद्यार्थीलाई आवश्यक परेको समयमा तत्काल स्वास्थ्य सहायता उपलब्ध गराउनुका साथै विद्यालयमा स्वास्थ्यप्रति सचेतना बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...