
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मस्याैदा गरेको प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धी विद्येयकबारे सराेकारवालासँग छलफल गरिएको छ ।
प्रदेश सभाकाे सामाजिक विकास समितिमा विचाराधीन अवस्थामा रहेकाे विद्येयकमाथि शुक्रबार समुदाय र सराेकारवालासँग छलफल कार्यक्रम आयाेजना गरिएको हाे ।
सामाजिक विकास समितिका सभापति धर्मराज पाठककाे सभापतित्वमा आयाेजित छलफलमा थारू समुदायका नागरिक अगुवा, भलमन्सा तथा सम्बद्व सराेकारवाला सहभागी थिए ।
उनीहरूले प्रदेश सरकारले ल्याउन लागेकाे विद्येयककाे स्वागत गर्दै पालैपालो त्यसमाथि आ-आफ्ना सुझाव समेत दिएका छन् ।
सभापति पाठकले छलफलमा उठेका सुझावलाई सकारात्मक रूपमा लिइएकाे बताउँदै तिनलाई विद्येयकमा प्राथमिकताका साथ स्थान दिइने बताएका छन् ।
कैलाली र कञ्चनपुरमा आश्रित थारू समुदायमा बरघर र भलमन्सा प्रथा संस्कृतिका रूपमा रहि आएकाे छ । त्यसैकाे विकास र संरक्षण गर्न सरकारले विद्येयक ल्याउन लागिएको जनाएको छ ।

